इरानको राष्ट्रपतीय निर्वाचनमा फेरि किन हुँदैछ मतदान ?

तेहरान । इरानको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि नेताले बहुमत पाएनन् । फलतः जुलाई ५ मा पुनः एक पटक राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रपति चुनावका एक मात्र सुधारवादी उम्मेदवार मसुद पेजेस्कियानले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन् । पेजेस्कियानले आफ्ना समर्थकहरूलाई अर्को शुक्रबार हुने दोस्रो चरणको मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले जनताहरूलाई गरिबी, असत्य, विभेद र अन्यायबाट देशलाई जोगाउन आग्रह पनि गरेका छन् । शुक्रबार भएको मतदानमा पेजेस्कियानले सबैभन्दा बढी मत पाए । तर पनि उनी बहुमतबाट भने केही परै रहे । चुनावमा जित्नका लागि ५० प्रतिशत मत चाहिएको थियो । तर उनले ४२ प्रतिशत मत पाएका थिए । शुक्रबार भएको मतदान निकै कम मतदाता सहभागी भएका थिए । यसलाई इरानको सरकारी प्रणालीप्रति बढ्दो जन असन्तुष्टि देखाएको रुपमा अथ्र्याइएको छ ।
कट्टरपन्थी उम्मेदवार सईद जलिली र सुधारवादी मानिने प्रतिद्वन्द्वी पेजेस्कियान दुवलेै राष्ट्रपतिको दौडमा बहुमत पाउन सकेनन् । त्यसैले इरानमा दोहोर्याएर चुनाव हुँदैछ । इरानको आन्तरिक मन्त्रालयले जुलाई ५ मा पुनः निर्वाचन हुने पुष्टि गरेको छ । इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यसयता त्यहाँ राष्ट्रपतिको पद खाली छ । यो पद भर्न निर्वाचन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने