मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

मुसलधारे वर्षाका कारण भारतमा ११ जनाको मृत्यु

आइतबार, १६ असार २०८१, १७ : ४९
आइतबार, १६ असार २०८१

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ । 

वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन् । यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा आएको थियो । तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो । 

एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो । मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो । उडानहरू प्रभावित भए । 

अन्डरपास डुबानमा परेका थिए भने सडकमा भयानक ट्राफिक जाम, बिजुली र पानीको आपूर्ति प्रभावित जस्ता समस्या पनि भए । अघिल्लो २४ घण्टाभित्र दिल्लीको मुख्य विमानस्थलबाट हुने झन्डै ६० ओटा उडान रद्द भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप