मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारी गाडीले नै मिच्यो ट्राफिक नियम

आइतबार, १६ असार २०८१, १७ : ४३
आइतबार, १६ असार २०८१

काठमाडौँ । सरकारी नम्बर प्लेटको गाडीले नै ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरेको ट्राफिक प्रहरीले बताएको छ । महानगर ट्राफिक प्रहरी डिभिजनले सरकारी नम्बर प्लेटको सवारीलाई कारबाही गरेको बताएको हो ।

आफ्नो फेसबुक पेजमार्फत डिभिजनले कारबाही गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमा बा १ झ ७६७५ नम्बरको सरकारी सवारीले ट्राफिक नियम मिचेर अर्को लेनमा क्रस गरेको भिडियो भाइरल बनेको थियो ।

यसबारे सामाजिक सञ्जालमा चौतर्फी दबाब र गुनासो आएपछि कारबाही गरेको ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । तर, कारबाही गरिएको आधिकारिक प्रमाण भने सामाजिक सञ्जालमा राखिएको छैन ।

‘ट्राफिक प्रहरी कार्यालय रामशहपथबाट खोजतलास र अनुसन्धान गरेर उक्त सवारी साधनलाई फेला पारी सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको छ,’ ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ । तर कारबाहीको विवरण भने राखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप