मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेम सुवालको प्रश्न : हवाईजहाज किन्न कर छुटको बुद्धि अर्थमन्त्रीलाई कहाँबाट आउँछ ?

आइतबार, १६ असार २०८१, १७ : ४०
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भन्सार महसुल विधेयक २०८१ मा राखिएका प्रावधानमाथि असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा डोको डालो लगायतका सामग्री आयात गर्न दिने व्यवस्था राखिएको विरोध जनाए । 

सो विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले प्रश्न गरे– ‘डोको डालो हामी बनाउन सक्दैनौँ ? नेपालीलाई केही गर्न नदिने ? यो मिल्दैन । अर्को भाग ४७ मा काठको वस्तु आयत गर्न दिने भनिएको छ । काठको वस्तु त हामी बनाइहाल्छौँ नि । कुन जिल्लामा छैन काठको वस्तु बनाउने काम ? अर्थमन्त्रीलाई थाहा नभए पनि नेपाली जनतालाई त थाहा छ नि काठको बस्तु बनाउने मान्छे यही छ भन्ने कुरा । भाग ४८ मा कागजका वस्तु ल्याउन दिने भनिएको छ । बागलुङ लगायतका जिल्लामा कति छन् कागज कारखाना । अर्थमन्त्रीको विदेशबाट ल्याउने अनि भन्सार लगाउने मात्रै ध्यान छ । यस्तो पनि हुन्छ ? पुस्तक छपाई पनि विदेशमा गर्ने, ऊन, कपास पनि विदेशबाट ल्याउने कुरा मिल्दैन ।’ 

सांसद सुवालले हवाईजहाज आयातमा कर छुट दिने कुटो कोदालोलाई कर लिने व्यवस्था राखेको भन्दै अर्थमन्त्रीलाई कहाँबाट यस्तो बुद्धि आएको भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप