ओली नआएपछि माधवले भने– दश पटक फोन गर्दा नलागेपछि म्यासेज गरेँ
आइतबार, १६ असार २०८१, १७ : ३४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीलाई महाधिवेशनमा निमन्त्रणा गर्न लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन् ।
आइतबार महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभाजनको घाउ आलो भएकै कारणले एमाले आफ्नो पार्टीको महाधिवेशनमा नआएको हुनसक्ने बताए ।
‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएँ, त्यो म्यासेज पाएको पनि सूचना पाएको छु’, उनले भने, ‘घाउ आलो भएर नआउनुभएको होला । ’
उनले राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यकता नभएको पनि बताए । एकीकृत समाजवादीको महाधिवेशनमा प्रायः सबै दलका नेता सहभागी भए पनि एमाले र राप्रपाबाट भने कोही सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म