नक्कली भुटानी शरणार्थी प्रकरण
बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति
आइतबार, १६ असार २०८१, १७ : १५

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो ।
शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरीले बेचनलाई भारतबाट समातेर शुक्रवार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?