सानातिना नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन मैले प्रधानमन्त्रीलाई भनेको छु : ओली
आइतबार, १६ असार २०८१, १६ : ५३
काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको समृद्धिका लागि अब पर्खिने समय नभएको बताएका छन् । पार्टीको कृषि तथा सहकारी विभागले आइतबार काठमाडौँमा गरेको नीति सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरे ।
‘सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु । पोलिसी म्याटरमा छलफलमा जाऊँ । कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ । कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ’, उनले भने ।
किसानका छोराछोरी किसानै हुने परिपाटीको अन्त्य गर्न सबै पक्षसँग छलफल गर्न आफू तयार भएको ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता