एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीसँग एकताको प्रयास जारी रहेको बताएका छन् । एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार राजधानीमा सम्बोधन गर्दै उनले समाजवादी मोर्चा मार्फत एकताको प्रयास जारी रहेको बताएका हुन् । साथै उनले यो महाधिवेशनले त्यसतर्फ ठोस निर्णय लिनेमा विश्वास व्यक्त गरेका छन् ।
‘निर्वाचनअघि र पछि समाजवादी मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौँ । मलाई लाग्छ यो महाधिवेशनले त्यो दिशामा ठोस निर्णय गरोस् । हामी चाहन्छौँ देशका सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर सुशासन सामाजिक, न्याय र समृद्धिको सम्बोधन गर्न सकियोस्’, प्रचण्डले भने ।
साथै एकीकृत समाजवादीले तयार गरेको राजनीतिक दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा उनले असन्तुष्टि पोखेका छन् । आफू अस्थिर नभएको भए देशमा संविधान सभा, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रसमेत नआउने प्रचण्डले दाबी गरे ।
‘तपाईँको दस्ताबेजमा अन्य शक्तिभन्दा माओवादी केन्द्रलाई नजिकको शक्ति भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ । हरेक पार्टीलाई अर्को पार्टीप्रति दृष्टिकोण बनाउनु आवश्यक छ । तर म यति भन्छु प्रचण्ड अलि अस्थिर नभएको भए संविधानसभा, लोकतान्त्रिक गणतन्त्र स्थापना हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो । तपाईँले उद्धृत गरेको अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्ने नै थिएनौँ’, उनले भने ।
द्वन्द्वात्मक भौतिकवादको गतिशीलता के हो ? किलो बाँधेर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरी जस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदी जस्तो हुर्रिने मार्क्सवाद हो ? भन्नेतर्फ विचार गर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम
-
ला लिगामा बार्सिलोनाको शानदार जित, रियालसँग फेरि बढायो अंक दुरी
-
आईपीएल क्रिकेट: राजस्थानले खोल्यो जितको खाता, ६ रनले हार्यो चेन्नई
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थपदेखि पार्टीको जिम्मेवारीमा फर्किए रविसम्म
-
असन चोकमा तीन अजिमाको खट जुधाइयो (तस्बिरहरु)
-
तीनकुने घटना र पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह