मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

क्यान्सरको उपचार गर्न भारत लागे कलाकार गौतम

आइतबार, १६ असार २०८१, १६ : ०४
आइतबार, १६ असार २०८१

काठमाडौँ । एक वर्षभन्दा लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम दिल्ली उडेका छन् ।  दिल्लीको अल इन्डिया इन्चिच्युट एण्ड मेडिकल साइन्समा उपचार गराउन उनी आइतबार दिल्ली उडेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका गौतम आफू क्यान्सरलाई जितेर फर्किने आत्मविश्वास सहित दिल्ली जान लागेको बताए । उनीसँग परिवारका सदस्य समेत छन् ।

बालकालकारको रूपमा कलाकारिता सुरु गरेका उनले रंगमञ्च, सानोपर्दा र स्टेज कार्यक्रममा राम्रो पहिचान बनाएका छन् । तर क्यान्सरका कारण उनी पछिल्लो समय कलाकारितामा फर्किन सकेका छैनन् । कलाक्षेत्रका सहकर्मी, विभिन्न संघसंस्थालगायतले गरेको आर्थिक सहयोगबाट अहिलेसम्म उनी आफ्नो उपचार गराउँदै आइरहेका छन् ।

आफ्नो उपचारमा सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोग नगरेको गुनासो उनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप