उपेन्द्र र अशोक एउटै मञ्चमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि उपेन्द्र यादव र अशोक राई पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको उद्घाटन कार्यक्रममा दुवै जना अतिथि भएर एउटै मञ्चमा पुगेका हुन् ।
यादव नेतृत्वको जसपा नेपालबाट सात जना सांसदका साथ अशोक राई गत वैशाख २३ गते अलग भएका थिए । वैशाख २४ गते राईले आफ्नो नेतृत्वमा जनता समाजवादी पार्टी नै गठन गरे । पार्टीबाट अलग भएपछि दुवै जना यसरी एउटै मञ्चमा थिएनन् ।
पार्टी विभाजनविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट गर्दा अल्पकालीन आदेश जारी भएको छ । अहिले सो मुद्दा फुल बेन्चमा गएको छ ।
पार्टी विभाजनपछि उपेन्द्र यादवले आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गरिसकेको छ भने अशोक राईले पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न गरी संगठन विस्तारको कामलाई अगाडि बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरस्कार स्थापना गर्ने प्रथम नेपाली महिला रानी जगदम्बा
-
दिल्लीको लगातार तेस्रो जित, चेन्नईको लगातार तेस्रो हार
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने