आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएको दिनदिनै सुन्नु परेकोछ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीति परिवर्तनपछि पनि नेता र तीनका सन्तान भ्रष्टाचारमा संलग्न रहेको कुरा सुनिरहनुपरेको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिए ।
‘जनतामा देखिएको उकुसमुकुसको असर सरकार, राजनीतिक दलहरूमा परिरहेको छ । आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएका कुरा सुन्न परिरहेको छ । राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेका छन् । जनताले आशा गरेका नेताहरू देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेका छन् । यसको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्छ’, उनले भने ।
हरेक परिवर्तनपछि नेपालको राजनीति यथास्थितिमा बदलिएको भन्दै उनले नेताहरूले काम गर्न सकेन भने त्यसलाई जनताले फाल्ने परिस्थिति आउने बताए । यस्तै नेपाल सिद्धियो भन्ने कुरा साम्राज्यवादीले फैलाएको हल्ला भएको विप्लवले बताए । साथै अहिलेको व्यवस्थाबाट समाजवाद नआउने भन्दै उनले कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो भन्दै प्रश्न पनि गरे ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेकाले महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउनेमा उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो