बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा मुद्दा दर्ता

काठमाडौँ । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट पदमा कार्यरत शुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
तामाङले असिस्टेन्ट पदमा बढुवाको लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन परेको थियो । सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत तामाङले श्री पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौँबाट एसएलसी उत्तीर्ण गरेको भन्ने नक्कली प्रमाणपत्र पेस गरेको खुलेको थियो ।
जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द