मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

‘डार्क फाइल’का प्रतिवादीलाई फरार अभियुक्त बनाएको भन्दै रामहरि खतिवडाले मागे गृहमन्त्रीको जवाफ

आइतबार, १६ असार २०८१, १५ : ३४
आइतबार, १६ असार २०८१

 काठमाडौँ । सिधा कुरा नामक युट्युब च्यानलबाट प्रसारित ‘द डार्क फाइल’ का प्रसारकमाथि मुद्दा दायर भएको तर उनीहरूलाई फरारको सूचीमा राखिएको भन्दै संसद्मा प्रश्न उठेको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले त्यसप्रति आपत्ति जनाउँदै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।  असार १४ गते जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालतमा ‘द डार्क फाइल’ भन्ने मुद्दा दर्ता भएको, यो मुद्दामा ३ जना राजकुमार तिमिल्सिना, युवराज कँडेल र नवीन ढुङ्गाना अभियुक्त बनाइएको र उनीहरूलाई प्रहरीले के आधारमा फरार सूचीमा राखेको भन्दै प्रश्न गरे । 

उनले भने– ‘कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिइएका चलाउने भन्ने मान्छेलाई मुद्दा चलाउँदा तत्कालीन एआइजीलाई निलम्बन कारबाहीको प्रस्तावसम्म गरियो । अहिले यो डार्क फाइल जसलाई सर्वोच्चको संवैधानिक इजलासले समेत अनुसन्धान गर्नु भनेर अनुमति दिएको थियो । सीआइवीले त्यसलाई छानबिन पनि गरेको थियो । तर त्यहाँ बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो ? यो आपत्तिजनक छ, कसले यस्तो गर्‍यो गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’ 

दुई पटक सीआइबीले बयान लिएको व्यक्तिलाई के आधारमा फरार अभियुक्त बनाइयो त्यसको जवाफ छिटो दिन सांसद खतिवडाले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप