मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
दसौँ राष्ट्रिय महाधिवेशन

लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव

आइतबार, १६ असार २०८१, १५ : २९
आइतबार, १६ असार २०८१

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको लोकतन्त्र  स्वेच्छाचारीतन्त्र मा बदलिँदै गएको टिप्पणी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष यादवले स्वेच्छाचारीतन्त्र बढ्दा लोकतन्त्र बिस्तारै कमजोर बन्दै गएको पनि बताए । उनले शासकहरूका कारण राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय छवि पनि बिग्रिएको बताए । 

‘आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको छ’, उनले भने, ‘लोकतन्त्रको खतरा बाहिरबाट नभएर हामी भित्रैबाट भएको छ ।’ उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको पनि बताए । ‘लोकतन्त्र जनताको शासन हो तर दलतन्त्र, नेतातन्त्र र स्वेच्छाचारीतन्त्रमा बदलिँदै छ’, अध्यक्ष यादवले भने, ‘लोकतन्त्र समाप्त हुने खतरालाई जोगाउन जस्तै पचाउन पनि भूमिका खेल्नुपर्छ ।’ 

अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसो नगरे मुलुकलाई गति दिन नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप