मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

व्यवस्थालाई चोट लाग्न दिनुहुँदैन : अशोक राई

आइतबार, १६ असार २०८१, १५ : २८
आइतबार, १६ असार २०८१

काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले लोकतान्त्रिक व्यवस्थालाई चोट लाग्न दिन नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष राईले धेरै मेहनत गरेर ल्याएको परिवर्तनलाई जोगाउन र चोट लाग्न नदिन सबैको प्रयास रहन जरुरी रहेको बताएका हुन् । 

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र निकै ठुलो मेहनतबाट आएको छ । संघीयतालाई अझ सुदृढ गर्नु छ र लोकतन्त्रलाई अझै सबल बनाएर समाजवादतर्फ हामी लम्कनु छ’, राईले भने, ‘प्रयत्न पनि गरिरहेका छौँ बेलाबखत हामी बहसमा छुट्टिन पनि सक्छौ र जुट्न पनि सक्छौ । तर यो व्यवस्थालाई चोट नलागोस् भन्ने बारेमा हामी सचेत रहनुपर्छ ।’ उनले भ्रष्टाचार मुलुकको समस्या भएको भन्दै त्यसलाई नियन्त्रण गर्दै अघि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप