समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ : सीके राउत
![समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ : सीके राउत](https://npcdn.ratopati.com/media/news/ck-raut_oIxXVu343y.jpg)
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने बताएका छन् । साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन् ।
उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर प्रश्न गरे ।
‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी । कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ । समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ’, उनले भने, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई भेटेपछि रास्वपाका मन्त्रीहरू राजीनामाको तयारीबाट ब्याक
-
कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला
-
सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण
-
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव
-
छुट्टै सत्ता निर्माण गर्ने निर्णयबाट किन पछि हटे महतो ?