लोकतन्त्रलाई जसरी लानुपर्ने हो लैजान सकिएको छैन : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लोकतन्त्रलाई जसरी लैजानुपर्ने हो त्यसरी लैजान नसकिएको बताएका छन् ।
काठमाडौँमा नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष केसीले लोकतन्त्र वा गणतन्त्र अप्ठेरो परेका बेला यो पार्टी स्थापना भएको भन्दै लोकतन्त्रलाई अघि बढाउन सबै दल एकजुट हुनुपर्ने बताए । ‘अहिलेको लोकतन्त्र या गणतन्त्र यिनै पार्टीको योगदानबाट आएको हो । यद्यपि यसलाई जसरी लैजानुपर्ने हो लान सकिएको छैन’, केसीले भने, ‘देशको राष्ट्रिय एकता सार्वभौमसत्ता र एकताका लागि हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले समाजको विभाजन रोक्न समावेशी र न्यायपूर्ण समाज निर्माणमा सबैको योगदान हुनुपर्ने बताइन् । उनले लोकतन्त्र र मानवअधिकारको रक्षा गर्दै दिगो विकासको पक्षमा आफ्नो पार्टी लाग्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित