बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतीक थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो

आइतबार, १६ असार २०८१, १५ : ४०
आइतबार, १६ असार २०८१

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले  पक्राउ गरेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगिएको छ ।  

शुक्रबार बौद्धबाट पक्राउ परेका प्रतीकलाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगेको हो । उनलाई त्यसपछि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ । 

pratik thapa1

प्रतीकलाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ । आइतबार उनको बयान हुने र सोमबार  थुनछेक बहस हुनेछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौँले प्रतीकलाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो । 

pratik thapa2

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचेन झालाई म्याद थपका लागि अदालतमा पेस गरिने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप