संविधान संशोधन गर्ने बेला भइसक्यो : सर्वेन्द्रनाथ शुक्ला
आइतबार, १६ असार २०८१, १४ : ३८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शर्वेन्द्रनाथ शुक्लाले भ्रष्टाचारका विरुद्ध संयुक्त लड्नुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै शुक्लाले भ्रष्टाचारविरुद्ध लड्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘संविधान संशोधनको बेला आइसक्यो । निर्वाचन प्रणालीका कारण हामीले कस्तो समस्या भोग्दैछौ भन्ने सबैलाई थाहा छ’, शुक्लाले भने, ‘संविधान संशोधनविना अहिलेको कठिनाइबिना सम्भव छैन । यो दुई दलको मात्र कुरा होइन देश नै एकजुट भएर यो काम अघि बढाउनुपर्छ ।’ उनले पार्टीहरूका विचार नीति र सिद्धान्त फरक भए पनि राष्ट्रिय मुद्दामा एक हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने