सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे
आइतबार, १६ असार २०८१, १४ : २८

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले संसद्मा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् । अग्रजका सल्लाह सुझावबाट संसद्लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।
उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थलाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् ।
उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्नसके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरिन् । उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु