संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिन्छ : सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद्लाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने पनि बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने उनले बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए । सभामुख घिमिरेले सरकार पनि संसद्बाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए ।
उनले संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्ने गरी व्यवहारतः काम गर्न सक्छ कि सक्दैन ? भन्ने कुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए । उनले अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरू गरिसकेको बताए ।
घिमिरेले २००७ सालदेखि बनेका कानुनहरू अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताए । सभामुख घिमिरेले अहिले संसद्लाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निर्क्याेल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने