फ्रान्समा आम निर्वाचन : जित्लान् दक्षिणपन्थीले ?

पेरिस । फ्रान्समा आम निर्वाचन भइरहेको छ । यसको नतिजा ऐतिहासिक हुनसक्ने अनुमानहरू आइरहेका छन् । दक्षिणपन्थी दल नेशनल र्याली अभूतपूर्व रूपमा सत्ताको नजिक पुग्दै गरेको देखिएको छ ।
मैरीन ली पेन र जोर्डर बारडेलाको पार्टी नेशनल र्याली युरोपेली चुनावमा जीत पछि तीन हप्तामा भएको चुनावी सर्वेक्षणमा अगाडि देखिएको छ ।
निर्वाचनमा मतदाताको सहभागिता बढ्ने आशा गरिएको छ । चुनाव दुई चरणमा हुँदैछ ।
आगामी आइतबार दोस्रो चरणको निर्वाचन हुनेछ । यसपछि राष्ट्रियसभाको ५७७ सिटमा अन्तिम नतिजा आउनेछ ।
साे चुनावको प्रचार प्रसार २० दिन मात्रै चलेको थियो । यसबाट पनि नेशनल र्यालीलाई फाइदा भएकाे बताइन्छ ।
साे दलले आप्रवासन, अपराध र असुरक्षा जस्ता विषयमा आफ्नो अडान तीव्र रूपमा फेरेको थियो । पार्टीले जीवनयापन सङ्कटलाई हटाउन कर घटाउने कुरा पनि गरेको छ ।
जोर्डन बर्डेला दलको पहिलो प्रधानमन्त्री बन्न चाहन्छन् । पहिलो चरणमा आफ्नो दलले दर्जनौँ निर्वाचन क्षेत्रहरूमा स्पष्ट विजय हासिल गर्नेमा उनी विश्वस्त छन् ।
आफ्नो पार्टीले २८९ सिटको पूर्ण बहुमत ल्याएपछि मात्रै यो पद स्वीकार गर्ने उनको भनाइ छ । यसो भएन भने त्रिशङ्कु संसद् हुनेछ र त्यो उनीहरूको हार हुनेछ । पहिलो चरणको नतिजा आइतबार साँझ आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हप्ताभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
-
राष्ट्रियसभा बैठक : सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
-
धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)
-
तस्बिरमा हेर्नुहोस् संघीय संसद्को बजेट अधिवेशन
-
केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’