मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

प्रिन्ट मिडिया सङ्कटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन : अध्यक्ष बस्नेत

आइतबार, १६ असार २०८१, १३ : ५७
आइतबार, १६ असार २०८१

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रिन्ट मिडिया सङ्कटमा रहेको बताएका छन् । 

आइतबार प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा ‘युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको प्रिन्ट मिडिया सङ्कटमा रहेको बताउँदै मिडिया हाउसको व्यवस्थापन र सम्पादकीय नेतृत्वले त्यही अनुसारको रणनीति अपनाउनुपर्ने बताए । 

उनले भने, ‘नेपाली पत्रकारितामा सङ्क्रमणकाल छ । फेरि त्यो सङ्क्रमण पनि हाम्रै हातमा छ । सङ्कट र अवसर सँगै छन् । हामीले प्रिन्ट मिडियामा सङ्कट छ भनेर हात बाँधेर बस्ने हो भने समस्या झन् ग्रस्त हुँदै जान्छ ।  अब यस सङ्कटलाई टार्नका लागि प्रिन्ट मिडियाका व्यवस्थापक र सम्पादकीय नेतृत्वले पनि त्यही अनुसारको रणनीति बनाएर अघि बढ्न आवश्यक छ । व्यवस्थापकीय रणनीति फेर्न जरुरी छ ।’

प्रविधिको आधुनिकीकरणसँगै मिडिया हाउसहरूलाई आफूलाई परिमार्जन गर्दै लग्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष बस्नेतले युट्युबहितका न्यू मिडियाहरू समेत प्रेस काउन्सिलमा दर्ता गर्ने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै सबैले काउन्सिलको आचारसंहिता अवलम्बन गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘मिडियाका कन्टेन्ट आउने युट्युबसहितका न्यू मिडियाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । न्यू मिडियाहरू समेत प्रेस काउन्सिलमा दर्ता हुने प्रक्रिया बढिरहेको छ । त्यही भएर हामीले आचारसंहिता पालना गर्नु अति आवश्यक छ ।  हामी त फेसबुक हौँ, युट्युब हौँ भनेर जथाभाबी गर्न पाइँदैन । कुनै पनि मिडियालाई अहिले सामाजिक सञ्जाल नभई भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप