मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कल्कीमा आफ्नो भूमिकाबारे कमल हसनले के भने ?

आइतबार, १६ असार २०८१, १३ : ३९
आइतबार, १६ असार २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार कल्की २८९८ एडीमा कलम हसन पनि सानो तर महत्त्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्ममा उनले खलनायक सुप्रीम यास्किनको भूमिका निभाएका छन् ।

आफूलाई सर्वशक्तिमान् बनाउन फिल्ममा यो पात्रले विभिन्न प्रकारको प्रयोग गर्छ । तर फिल्ममा हसनको स्क्रिन टाइम निकै कम छ । यो देखेर दर्शकहरू निकै निराश पनि बनेका छन् । यसैबिच अभिनेताले फिल्ममा आफ्नो छोटो भूमिकाबारे मुख खोलेका छन् ।

दोस्रो भागका लागि कल्कीमा केमियो

‘कल्की २८९८ एडीमा मैले निकै सानो भूमिका निभाएको छु । जुन केही मिनेटको लागि मात्रै देखाइएको छ । फिल्ममा मेरो वास्तविक हिस्सा भर्खरै सुरु भएको हो । दोस्रो भागमा मैले धेरै गर्न बाँकी छ ।

क्लाइमेक्स हेरेपछि नाग अश्विन के देखाउन चाहेका हुन् भन्ने बुझेको छु’ हसनले भनेका छन् । फिल्म आफूले फ्यानको रुपमा हेरेको र आफू छक्क परेको पनि उनले बताए ।

फिल्ममा अश्विनको काम हेरेर हसनले उनको तारिफ गरेका छन् । फिल्ममा काम गरेपछि आफूलाई हिन्दी सिनेमालाई विश्वव्यापी मनोरञ्जनका लागि उन्मुख गरेको महसुस भएको पनि उनले बताए ।

कल्की २८९८ ईस्वी यस्तै फिल्ममध्ये एक भएको पनि बताइएको छ । नाग अश्विनले कुनै धार्मिक पूर्वाग्रह नराखी पौराणिक कथाको मुद्दालाई सुन्दर ढङ्गले देखाएको उनी बताउँछन् ।

पहिलो दिन देखि नै कल्कीले बक्स अफिसमा हंगामा मचाइरहेको छ । फिल्मले तीन दिनमा विश्वभर २९८ करोड ५० लाख भारु कमाएको छ । यो आफैँमा ठुलो रेकर्ड हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप