बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् । उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका विषयलाई समेत केन्द्रमा राखेर योजना बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका हुन् ।
मनसुन सुरु भएको प्रारम्भिक दिनहरूमा समेत वर्षाले मच्चाएको विध्वंस र त्यसबाट उत्पन्न क्षतिलाई हेर्दा सरकारका विभिन्न निकायहरू, मौसम विभाग, विपद् व्यवस्थापन, रोकथाम, उद्धार लगायतलाई अझै बढी सतर्क र क्रियाशील गराउनु पर्ने आवश्यकता देखिएको पार्टीको भनाई छ । केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समयमा नै यो विषयमा ध्यान जान नसके आगामी दिनमा अझ थप क्षति हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले त्यो अवस्था आउन नदिन सरकारले सुरुमै ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिन्छौँ ।
बाढी पहिरोमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति पार्टीले समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको यथोचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
-
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ
-
‘जार’मा बाघको अभिनयका लागि कति भयो खर्च ?