मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको महाधिवेशनको उत्सव, तस्बिरहरू
फोटोफिचर

एकीकृत समाजवादीको महाधिवेशनको उत्सव, तस्बिरहरू

आइतबार, १६ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आजदेखि सुरु हुने महाधिवेशनअघि काठमाडौँमा र्‍याली निकालिएको छ । महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालिएको हो । 

ekikrit samjbadi mahadibeshan rally (1)

नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । 

ekikrit samjbadi mahadibeshan rally (2)

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज तयार भइसकेको जानकारी दिए। ती दस्ताबेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।

ekikrit samjbadi mahadibeshan rally (3)

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् ।  ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् । 

ekikrit samjbadi mahadibeshan rally (4)

महाधिवेशन स्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । 

ekikrit samjbadi mahadibeshan rally (5)

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो । 

ekikrit samjbadi mahadibeshan rally (6)ekikrit samjbadi mahadibeshan rally (7)ekikrit samjbadi mahadibeshan rally (8)ekikrit samjbadi mahadibeshan rally (9)ekikrit samjbadi mahadibeshan rally (10)ekikrit samjbadi mahadibeshan rally (11)ekikrit samjbadi mahadibeshan rally (12)ekikrit samjbadi mahadibeshan rally (13)ekikrit samjbadi mahadibeshan rally (14)ekikrit samjbadi mahadibeshan rally (15)ekikrit samjbadi mahadibeshan rally (16)ekikrit samjbadi mahadibeshan rally (17)ekikrit samjbadi mahadibeshan rally (18)ekikrit samjbadi mahadibeshan rally (19)ekikrit samjbadi mahadibeshan rally (20)ekikrit samjbadi mahadibeshan rally (21)ekikrit samjbadi mahadibeshan rally (22)ekikrit samjbadi mahadibeshan rally (23)ekikrit samjbadi mahadibeshan rally (24)ekikrit samjbadi mahadibeshan rally (25)ekikrit samjbadi mahadibeshan rally (26)ekikrit samjbadi mahadibeshan rally (27)ekikrit samjbadi mahadibeshan rally (28)ekikrit samjbadi mahadibeshan rally (29)ekikrit samjbadi mahadibeshan rally (30)ekikrit samjbadi mahadibeshan rally (31)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया