मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

ट्याटुले बढाउन सक्छ ब्लड क्यान्सरको जोखिम

आइतबार, १६ असार २०८१, १२ : ४७
आइतबार, १६ असार २०८१

काठमाडौँ । हामीमध्ये कयौँलाई ट्याटु बनाउने शौक छ । आफूलाई फेशेनेबल देखाउन हामी शरीरका कयौँ अङ्गमा ट्याटु खोप्छौँ । तर हालै एक अध्ययनमा आश्चर्यजनक खुलासा भएको छ । स्वीडेनमा गरिएको एक अध्ययनले ट्याटुले ब्लड क्यान्सरको जोखिम बढाउने देखाएको छ । ट्याटुले गर्दा लिम्फोमा (रगत क्यान्सर)को २१ प्रतिशत जोखिम रहेको पाइएको छ ।

ट्याटुले पनि क्यान्सरको जोखिम निम्त्याउन सक्छ भनेर स्विडेनको लिन्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले फेला पारेको भनेर मेडिकल न्यूज टुडेले छापेको छ । शोधकर्ताहरूले १० वर्ष अर्थात् २००७ देखि २०१७ वर्षसम्मको स्विडिश राष्ट्रिय क्यान्सर दर्ताको विश्लेषण गरेका थिए । विश्लेषणमा २० देखि ६० वर्षसम्मका व्यक्तिलाई समावेश गरिएको थियो । ट्याटु नखोपाका मानिसहरूको तुलनामा ट्याटु भएका मानिसहरूलाई लिम्फोमा हुने जोखिम २१ प्रतिशत बढी हुने अध्ययनमा पाइयो ।

पछिल्ला दुई वर्षमा ट्याटु खोपाएका व्यक्तिहरूमा लिम्फोमाको जोखिम ८१ प्रतिशत बढी पाइयो । ट्याटु बनाउन कुन मसी प्रयोग भइरहेको छ, अर्थात् यसमा कुन रसायन छ, जसले लिम्फोमाको जोखिम बढाउन सक्छ भन्ने कुरा बुझ्न जरुरी भएको अनुसन्धाताहरूले बताउँछन् । यी दुईबिचको सम्बन्ध स्पष्ट बुझिएको छैन । यद्यपि, सम्बन्ध छ भन्ने दाबी चाँहि गरिएको छ ।

ध्यानमा राख्नु पर्ने कुरा

तपाईँलाई ट्याटु खोप्न धेरै मन पर्छ ? यति धेरै चिन्ता पनि लिनु पर्दैन । बस ट्याटु खोप्दा केहि चीजलाई विशेष ख्याल गर्नु पर्छ । ट्याटु पेशेवर ट्याटु आर्टिष्टकहाँ मात्रै बनाउनुस् । ट्याटु बनाउँदा सरसफाइको धेरै ख्याल राख्ने ठाउँमा जानुस् । ट्याटुमा सधैँ राम्रो ब्रान्डको मसी प्रयोग गर्नुहोस् । आफूमा कुनै गम्भीर रोग छ भने छाला विशेषज्ञसँग परामर्श लिएर मात्रै ट्याटु बनाउनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप