मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी

आइतबार, १६ असार २०८१, १२ : ४३
आइतबार, १६ असार २०८१

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका- ३१ पुरानो बानेश्‍वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ । 

अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा.५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ  । 

यता सुर्खेतको भेरीगंगा नगरपालिका-५ बिउरेनी बस्ने ६२ वर्षीय शेर बहादुर दमाईको घरमा विद्युत् सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद, अन्नपात, भाडाँवर्तन लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत् सर्ट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप