मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री नातिनीको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

आइतबार, १६ असार २०८१, १२ : ४१
आइतबार, १६ असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । नवराज ढुङ्गानाको शब्द,  दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वली लगायतको अभिनय छ ।  

वली सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् । प्रियङ्का–सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए । 

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियो छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप