तीन दिनमा कति कमायो ‘कल्की’ ले ?
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन दिनमै भारतमा २०० करोड भारु भन्दा धेरै कमाएको छ ।
फिल्ममा प्रभासको साथसाथै अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हासन र दिशा पटानीको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा कलाकारहरूको अभिनयको सबैले तारिफ गरिरहेका छन् । आइतबार पनि फिल्मको कमाई शानदार रहने आशा गरिएको छ ।
स्याकनिल्कको रिपोर्ट अनुसार ‘कल्की २८९८ एडी’ले शनिबार हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा ६७ करोड १० लाख भारु कमाएको छ । यस हिसाबले फिल्मले भारतमा मात्र ३ दिनमा २२० करोड भारुको व्यापार गर्यो । फिल्मले पहिलो दिन ९५ करोड र दोस्रो दिन ५४ करोडभन्दा बढीको कलेक्सन गरेको थियो ।
तेलुगुमा कल्की सबैभन्दा धेरै कमाउने
रिपोर्टका अनुसार ‘कल्की २८९८ एडी’ ले तेलुगुमा सबैभन्दा धेरै कलेक्सन गरेको छ । फिल्मले तेलुगुमा १२६ करोड ९० लाख भारु कमाएको छ भने हिन्दीमा यसको कमाई ७२ करोड ५० लाख भारु छ । फिल्मले ओपनिङ डेमै रेकर्ड तोडेको छ । ‘कल्की’ले पहिलो दिन ग्लोबल बक्स अफिसमा १९१ करोडको कलेक्सन गरेको थियो ।
ओपनिङ डेमा तेस्रो धेरै कमाउने फिल्म
‘कल्कि २८९८ एडी’ ले पहिलो दिनमा १९१ करोड कमाएर इतिहास रचेको छ । बाहुबली २ र आरआरपछि यो तेस्रो धेरै कमाउने फिल्म बनेको छ । आरआरआर अझै पनि २२३ करोड भारुको साथमा सबैभन्दा बढी ओपनिङ गर्ने भारतीय फिल्म हो भने पहिलो दिनमै २१७ करोड भारु भन्दा बढी व्यापार गरेको बाहुबली २ दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
-
रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ
-
यस्ता छन् सरकारले ल्याएका अध्यादेशका विशेषताहरु
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश