मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सर्वनाममा सोमबारदेखि नाटक ‘पूर्णविराम’

आइतबार, १६ असार २०८१, १२ : २४
आइतबार, १६ असार २०८१

काठमाडौँ । कालिकास्थान स्थित सर्वनाम नाटक घरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुन भएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू नाटकले उठाउने छ । 

राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइलगायत विषय समेत नाटकमा समेटिनेछ । कवि सुरज पराजुलीले लेखेको नाटकको परिकल्पना  तथा निर्देशन आरुष मगरले गरेका छन् । प्रकृतिको दोहन प्रति हामी समयमै सचेत र सजग हुनुपर्छ भन्न नाटक निर्देशन गरेको निर्देशन मगरले बताए ।

नाटकमा रिनेक्श बस्नेत, मिना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारु, विध्य कतिलक, वसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय छ ।

नाटकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को सहयोग समेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजे हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप