मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी हुन ओली अनिच्छुक

आइतबार, १६ असार २०८१, १२ : १६
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् । 

महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि अध्यक्ष ओली भने सहभागी नहुने भएका हुन् । 

‘अध्यक्ष त जाने कुरै भएन । एमालेबाट अरू नेता पनि जाने बुझिएको छैन’, ओलीको सचिवालयले रातोपाटीलाई भन्यो, ‘अध्यक्षको अर्कै कार्यक्रम तय भइसकेको छ ।’ सचिवालयले अर्कै कार्यक्रम तय भएको बताए पनि अध्यक्ष ओली स्वयं एकीकृत समाजवादीको कार्यक्रममा जान अनिच्छुक रहेको बताइएको छ । 

२०७८ सालमा एमालेबाट विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन अस्वीकार गर्दै आएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एकीकृत समाजवादीको महाधिवेशनमा को सहभागी हुने भन्ने टुङ्गो नलागेको बताए । ‘को जाने भन्ने टुङ्गो लागेको छैन’, गौतमको भनाइ छ ।

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप