मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

‘प्लस टु’मा डीएभीको उत्कृष्ट नतिजा

आइतबार, १६ असार २०८१, १२ : ००
आइतबार, १६ असार २०८१

काठमाडौँ । भविष्यमा कुन बाटोमा जाने हो, त्यही आधारमा काउन्सिलिङ । काउन्सिलिङ मात्र नभई विद्यार्थीको उद्देश्य अनुरूप नै पठनपाठन । विद्यार्थीलाई घोकाउने भन्दा पनि बुझेर पढ्न प्रेरित गर्ने । जसले गर्दा विद्यालयको नतिजा समेत उत्कृष्ट । पास भएर गएका विद्यार्थीहरू समेत प्रतिष्ठित क्षेत्रमा संलग्न ।

यी सबै ललितपुरमा रहेको दयानन्द एङ्ग्लो भेदिक (डीएभी) स्कुलका विशेषता हुन् । ट्रष्ट मार्फत विगत २१ वर्षदेखि सञ्चालनमा रहेको डीएभीमा प्ले ग्रुपदेखि ब्याचलर तहका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

DAV 12 class student (2)

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन्, जसमा विज्ञान र व्यवस्थापनतर्फ ५००/५०० जना विद्यार्थीको सिट क्षमता छ भने मानविकी संकायतर्फ ४० जनाको सिट क्षमता छ ।

कक्षा ११ र १२ तर्फका प्रिन्सिपल सुमन बस्नेतले डीएभीले अनुशासन, पूर्वीय र पश्चिमी सभ्यताहरू लगायतका विषयमा छुट्टै पहिचान बनाइरहेको बताए । डीएभीको नेपालमा मात्र नभई भारत लगायतका विभिन्न देशमा समेत शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् ।

conference

अहिले शिक्षालाई सेवाभन्दा पनि व्यापारको विषय बनाइएको छ । जति धेरै शिक्षण संस्था खुल्दै गएका छन्, त्यति धेरै प्रतिस्पर्धा देखिएको छ । त्यही प्रतिस्पर्धाको बिचमा सेवामूलक संस्थाको रूपमा उभिएको छ डीएभी ।

‘यो संस्थामा रहेर प्लस टुमा विद्यार्थीलाई दिनुपर्ने कुराहरू सबै दिन्छौँ । ता कि भोलिका दिनमा प्रतिस्पर्धी बजारमा जाँदा डीएभीमा पढेर आएको भनेर गर्व गर्न लायक होस्,’ प्रिन्सिपल बस्नेतले भने ।

suman basnet

उनका अनुसार डीएभीले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिपस्र्धा गर्न सक्ने बनाउने प्रयास गर्दै आएको छ । त्यसका लागि डीएभीले विद्यार्थीमैत्री वातावरण बनाउने गरेको उनले बताए ।

‘कक्षाकोठाहरू विद्यार्थीमैत्री छन् । स्टेपवाइज सिटको व्यवस्थापन गरिएको छ । जसले गर्दा पछाडि बस्ने बच्चाहरूलाई समेत अगाडि देख्न सहज हुनेछ,’ प्रिन्सिपल बस्नेतले भने, ‘त्यस्तै पावरपोइन्ट प्रिजेन्टेशन गर्ने गरेका छौँ । एकेडेमिक क्यालेण्डर नै बनाएर सबै क्रियाकलाप त्यही आधारमा गर्ने गरेका छौँ । यहाँसम्म कि युनिट टेस्टको कुरा समेत त्यही क्यालेण्डरमा समावेश गरेर गर्ने गरेका छौँ ।’

DAV library (2)

बस्नेतका अनुसार विद्यार्थीहरूलाई करिअर काउन्सिलिङ समेत गराइन्छ । विद्यार्थीलाई किन पढ्ने भन्ने विषयमा काउन्सिलिङ गराउने गरेको उनको भनाइ छ । विद्यार्थीहरूलाई के विषयमा रुचि छ, त्यही आधारमा समेत काउन्सिलिङ गर्दै आएको उनले बताए ।

डीएभीको मुख्य विशेषता भनेको संस्कार सहितको शिक्षा रहेको बस्नेतको दाबी छ । ‘डीएभीले विद्यार्थीलाई संस्कारमा केन्द्रित गराउँदै आएको छ । त्यसका लागि संस्कृति कक्षा, पढाईसँगै योगा, मेडिटेशन जस्ता अतिरिक्त क्रियाकलाप गराउँदै आएको छ,’ उनले भने ।

Meditation Page _024 copy

डीएभीले यो वर्षदेखि कक्षा ११ र १२ मा सरकारले तोकेको पाठ्यक्रम बाहेक कोडिङ, ए प्लस प्रोग्रामिङ, जर्मनी भाषा र योगालाई समेत समेट्न खोजेको छ ।

‘२ वर्षमा करिकुलम सहित केही नयाँपन पनि दिने कि भन्ने छ । हामीले दिएका एडिशनल प्रोग्रामले उनीहरूको भविष्य सहज बनोस् भन्ने चाहना छ । पढ्न बाहिर जान खोज्ने विद्यार्थीलाई समेत सहयोग पुगोस् भनेर हामीले यस्ता कार्यक्रम ल्याउन खोजेका हौँ,’ प्रिन्सिपल बस्नेतले भने ।

DAV Physic lab  (2)

१२ पास गरेपछि विदेश जाने विद्यार्थीहरूको लर्को लाग्ने गरेको छ । १२ पास गरेपछि विद्यार्थीहरूको डेस्टिनेशन नै विदेश जाने भन्ने भइसकेको छ । डीएभीमा पढेका विद्यार्थीहरू विदेशमा समेत अब्बल बन्दै आएका छन् । संसारका प्रतिष्ठित विश्वविद्यालयहरूमा डीएभीमा पढेका विद्यार्थीले राम्रो स्थान बनाउँदै आएका छन् । विदेश पढ्न जान खोज्ने विद्यार्थीहरूलाई त्यही आधारमा समेत काउन्सिलिङ गराउँदै आएको छ ।

  • डीएभी नै किन ?

विद्यार्थीका लागि धेरै विकल्प हुन सक्छन् । प्रिन्सिपल बस्नेतका अनुसार डीएभी नै किन भन्दा पहिलो कुरा यो अन्तर्राष्ट्रिय ब्राण्ड हो । त्यस्तै अत्याधुनिक भौतिक पूर्वाधारसहित विद्यार्थीमैत्री वातावरणमा पठनपाठन हुने गरेको छ । विज्ञान विषय पढ्ने विद्यार्थीलाई भोलि गएर मेडिकल शिक्षा तथा इन्जिनियरिङ पढ्न सजिलो होस भनेर इन्ट्रान्स परीक्षा लक्षित गरेर समेत पढाउने गरिएको उनको भनाइ छ ।

‘बाहिरका संस्थाहरूबाट शिक्षकहरू बोलाएर कक्षा लिन्छौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को उत्कृष्ट नतिजा,’ प्रिन्सिपल बस्नेतले भने, ‘यो वर्ष बीएससी सीएसआईटीको इन्ट्रान्समा नेपाल टप गर्‍यौँ । एफर्डेबल शुल्क जस्ता कारणले विद्यार्थीहरू यहाँ आउने गरेका छन् ।’  

डीएभीले कक्षा ११ मा विज्ञान विषयको लागि एक लाख ७७ हजार वार्षिक शुल्क तोकेको छ । त्यस्तै व्यवस्थापनतर्फ एक लाख ३१ हजार रूपैयाँ शुल्क तोकेको छ । जुन शुल्क कक्षा ११ मा लिइएको हुन्छ, त्यही आधारमै कक्षा १२ मा पनि लिने गरिएको उनको भनाइ छ ।

IMG_7166 copy 3

विद्यार्थीहरूलाई जीपीएका आधारमा शुल्कमा छुटसमेत दिने गरेको छ । त्यस्तै कम्तीमा १० प्रतिशत छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । त्यसका साथै पढाइमा अब्बल, गरिब, जेहेनदार विद्यार्थीलाई समेत शतप्रतिशत छात्रवृत्तिदेखि लिएर शुल्कमा छुटसमेत दिने गरिएको उनको भनाइ छ ।

त्यस्तै विज्ञान विषयको उत्कृष्ट प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय जस्ता विशेषता समेत डीएभीसँग छ । विद्यार्थीलाई ‘फ्रम द बिगिनिङ’ नै सबै कुरामा सक्षम बनाउँदै आएको बस्नेतको भनाइ छ । जसले गर्दा डीएभीको नतिजा समेत उत्कृष्ट आउने गरेको उनले बताए ।

‘लामो शिक्षण अनुभव भएका शिक्षकहरू छन् । विद्यार्थीलाई करिअर लक्षित पठनपाठनमा जोड दिइन्छ । विद्यार्थीलाई घोकाउने भन्दा पनि बुझाउने र जीवनोपयोगी शिक्षामा जोड दिन्छौँ,’ प्रिन्सिपल बस्नेतले भने ।  

DAV library (1)

डीएभीको अर्को राम्रो विशेषता भनेको त्यही पढेर गएका पुराना विद्यार्थीले नै नयाँ विद्यार्थी ल्याउने गरेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले भर्खरै करिअर काउन्सिलिङको कुरा गर्दै आएको छ । तर, डीएभीले पहिलादेखि नै करिअर काउन्सिलिङ गर्दै आएको छ ।

‘विद्यार्थीको क्षमताको आधारमा विद्यार्थीलाई जानकारी गराउने, उनीहरूलाई त्यही आधारमा गाइड गर्ने जस्तो काम गर्दै आएका छौँ,’ उनले भने । विद्यार्थी उद्देश्यविहीन नहुने तर, कहिनेर ग्याप देखिएको छ, त्यसलाई सहजीकरण गर्दै आएको उनको भनाइ छ ।

डीएभीले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको छ । त्यसका लागि शैक्षिक पात्रोमै उल्लेख गरेर सोही आधारमा अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप