मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

युक्रेनमा नयाँ हमलापछि जेलेन्स्कीले मागे लामो दूरीसम्म हान्ने हतियार

आइतबार, १६ असार २०८१, ११ : ५८
आइतबार, १६ असार २०८१

किभ । युक्रेनमाथि हालै भएको आक्रमणमा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि पनि लामो दूरीसम्म हान्न सकिने हतियार उपलब्ध गराइदिन माग गरेका छन् । उनले सामाजिक सञ्जाल टेलिग्राममा एउटा पोस्ट गर्दै सो अनुरोध गरेका हुन् ।

‘हाम्रा सहरहरू र मानिसहरूले हरेक दिन रुसी आक्रमणहरूको सामना गरिरहेका छन्, तर हामी रुसी मिसाइल लन्चरहरू नष्ट गरेर यो समस्यालाई जित्न सक्छौँ । तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियारको आवश्यकता छ । यसका साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्नेछ ।’ उनले पोस्टमा लेखेका छन् ।

शनिबार युक्रेनको दुर्गम क्षेत्र जापोरिझियाको भिल्न्यान्स्कमा रुसी आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको थियो । सो आक्रमणमा ३७ जना घाइते भएका थिए । यसपछि जेलेन्स्कीले पश्चिमी देशहरूसँग लामो दूरीको हतियार मागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप