मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव

आइतबार, १६ असार २०८१, ११ : २४
आइतबार, १६ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेका हुन् ।

‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन,’ ढकालले भने । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ । 

गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप