मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

भारतको प्रशिक्षक पद छोडेपछि राहुल द्रविडले के भने ?

आइतबार, १६ असार २०८१, १० : ५६
आइतबार, १६ असार २०८१

बारबाडोस । भारतीय क्रिकेट टोलीको प्रशिक्षक पद छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मासहित भारतीय टोली र सपोर्ट स्टाफलाई धन्यवाद दिए।

राहुल द्रविडले भने, ‘खेलाडीको हैसियतले मैले ट्रफी (विश्वकप) जित्न सकिनँ । म त्यति भाग्यमानी थिइनँ तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ । विश्वकप जित्न नसकेका धेरै खेलाडी छन् । तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाएँ।’

उनले भने, ‘हाम्रा खेलाडीहरूको यो समूहले जित सम्भव बनायो। रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो। म खुसी छु कि हामीले सक्दो गर्‍यौँ। म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्‍यो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप