भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर
आइतबार, १६ असार २०८१, १० : ४९
_vGozEQ1rgd.jpg)
ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए ।
महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिटकिरीका ७ फाइदा : प्रयोग गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
-
सामाजिक सञ्जाल विधेयक : लोकतन्त्रमाथि खतरा !
-
आज शून्य भेदभाव दिवस मनाइँदै
-
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात