प्रदेश सरकार
फणीन्द्र फेरि ऊर्जामन्त्री, लिए शपथ
आइतबार, १६ असार २०८१, १० : ४६

पोखरा । सर्वोच्च अदालतको आदेशले सांसदमा थमौती भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।
देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाए ।
देवकोटा कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो । उनी शनिबार संसदमा प्रवेश गरेपछि आज मन्त्री नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण