उत्तरी नाइजेरियामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु

बोर्नो । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
यसमध्ये शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको बताइएको छ । राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीले संदिग्ध आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह र अन्त्येष्टि समारोहका साथै अस्पतालमा आक्रमण गरेको बताएको छ।
बोर्नो राज्य बोको हराम इस्लामवादी लडाकुहरूको १५ वर्ष लामो विद्रोहको केन्द्रमा रहेको छ । जसले २० लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ र ४० हजारभन्दा बढी मारिएका छन्।
बोको हरामले सन् २०१४ मा बोर्नो राज्यको चिबोक सहरबाट २७० भन्दा बढी विद्यालयका छात्राहरूलाई अपहरण गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको थियो।अधिकारीहरूले शनिबार १८ जनाको मृत्यु पुष्टि भएको बताए, जसमा बालबालिका, वयस्क र गर्भवती महिलाहरू समावेश छन्।
केही स्थानीय मिडियाले मृत्यु हुनेको संख्या अझ धेरै भएको रिपोर्ट गरेका छन् । नाइजेरियाको भ्यानगार्ड र दिस डे पत्रिकाहरूले विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएको छ ।
घटनापछि सेनाले कर्फ्यू लगाएको छ भने आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । ग्वोजालाई २०२४ मा बोको हरामद्वारा कब्जा गरिएको थियो, र २०१५ मा नाइजेरियाली सेनाहरूले फिर्ता लिएका थिए, तर समूहले त्यसपछि शहर नजिकै आक्रमण र अपहरणहरू जारी राखेको छ।
गत नोभेम्बरमा छिमेकी योबे राज्यमा मलामीबाट फर्कने क्रममा बोको हराम विद्रोहीहरूले २० व्यक्तिको हत्या गरेका थिए । गाउँलेहरूले तथाकथित फसल कर तिर्न अस्वीकार गरेपछि विद्रोहीहरूले गुरोकायेया गाउँमा गरेको आक्रमणमा १७ जना मारिएको एक दिनपछि यो आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
-
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
-
६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड
-
शिक्षकहरू १९ दिनदेखि आन्दोलनमा : अभिभावक सङ्घले गुहार्यो मानवअधिकार आयोग
-
दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै