मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
बालकथा

हेजलको लोभ

आइतबार, १६ असार २०८१, ०९ : २३
आइतबार, १६ असार २०८१

एकादेशमा बिहे हुने उमेर पुगेकी युवती थिइन् । उनको धेरै कम्पनीमा सेयर थियो । उनले धेरै कमाउँथिन् । उनलाई केटाहरू हेर्न आउँदा उनको राम्रो बानीभन्दा पनि उनको पैसाका लागि आएका थिए । एउटा केटा चलाख थिए । उनलाई केटीको के के बानी हेरिन्छ, उनलाई थाहा थियो । ती केटाले ती केटीलाई आफ्नी श्रीमती बनाउन सक्षम भए । ती केटाको नाम हेजल थियो र ती केटीको नाम कृतिका थियो । 

ती केटाले कृतिकालाई पैसाका लागि बिहे गरेका थिए । हेजल र कृतिकाको बिहे भएको एक वर्ष हुन लागेको थियो । हेजलले आफ्नो फेसबुक म्यासेन्जरबाट धेरै केटीहरूको फोेन नम्बर लिइसकेका थिए ।

हेजल र कृतिकाको एक सन्तान भए । समय बित्दै गयो र शिशु एक वर्षका भए । उनको नाम हार्दिक थियो । एक दिन अचानक कृतिकाको कम्पनीको सेयरहरू घट्दै जान थाल्यो । उनीसँग पैसा पनि थिएन । त्यो देखेर हेजलले कृतिकालाई छाड्ने विचार गरे । हार्दिक नौ वर्षका भइसकेका थिए । उनको मामुलाई सञ्चो थिएन र मामुको बिजनेस पनि थिएन । एक दिन एक्कासि उनको मामुलाई बिसञ्चो भयो । त्यस दिन हेजलले हार्दिकको मामुलाई छाडिदिए । हार्दिक पिलपिल रुन थाले । दुवैले वाचा गरे कि हामीले हार मान्ने वाला छैनौँ । 

ती केटाले कृतिकालाई पैसाका लागि बिहे गरेका थिए । हेजल र कृतिकाको बिहे भएको एक वर्ष हुन लागेको थियो । हेजलले आफ्नो फेसबुक म्यासेन्जरबाट धेरै केटीहरूको फोेन नम्बर लिइसकेका थिए ।

हार्दिकको मामुले एउटा राम्रो जागिर पाइन् । दुवैले धेरै कस्ट गरे । एक दिन दुवैले एउटा घर किन्न पाए, गरगहना पाए, गाडी पाए, लुगा पाए र एक दिन त आफ्नो बिजनेस पनि सुरु गरे । उनीहरूको जीवनमा फेरि सुख हुँदै गयो । उता हार्दिकको बाबाको जीवन धेरै कष्टकर हुँदै गयो, किनभने उनले जुवातास खेलेर सबै सम्पत्ति सके । उनी एक्लै डेरामा बस्थे । उनलाई डेराबाट पनि निकालियो किनभने उनले धेरै समयदेखि पैसा तिरेका थिएनन् । उनको जीवन सडकमा आयो ।

उनले भने कि मेरी श्रीमती कृतिका र छोरा हार्दिकलाई मैले नछाडेको भए हुन्थ्यो । उनले सोचे कि मैले माफ मागे भने म फेरि परिवारमा आउन सक्छु । उनी छोराको घर गए र माफी माग्न थाले । उनी गेटमा पुग्दा गेट पालेले उनलाई रोके । त्यसपछि हार्दिक बाहिर आए र भने— के चाहियो ? 

हेजलले भने— हेर छोरा, मबाट गल्ती भयो, मलाई माफ गरिदेऊ । 

छोराले भने कि मलाई नसोध्ने मेरो प्यारो मामुलाई सोध्ने । हेजलले हार्दिकको मामुसँग माफ माग्न थाले । 

हार्दिकको मामुले भनिन्— मैले तपाईंलाई माफ गरिदिएँ । अब हामी तीनजना कहिल्यै झगडा नगरी बस्नेछौँ । त्यसपछि हेजलले हार्दिकको मामु कृतिकालाई भित्रैदेखि माया गर्न थाले । 

(न्यु होराइजन सेकेन्डरी स्कुल, कक्षा ः ६, बुटवल ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुश्रुतराज न्यौपाने
सुश्रुतराज न्यौपाने
लेखकबाट थप