मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कोपा अमेरिका : समूह विजेता बन्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

आइतबार, १६ असार २०८१, ०८ : ५३
आइतबार, १६ असार २०८१

काठमाडौँ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो । 

स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औँ मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए ।  

७२ औँ मिनेटमा लियोनार्दो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दाअर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो । 

८६ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो । यही समूह एबाट क्यनाडाले पनिअन्तिम ८ मा स्थानबनाएको छ । क्यानडाले चिलीसँगगोलरहित बराबरी खेल्दै अङ्क बाँडेपछि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । 

शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका ९ अंक हुँदा क्यानडाको चार अङ्क रहेको छ । यसैगरी चिली २ अङ्कका साथ तेस्रो तथा पेरु १ अङ्कका साथ चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप