मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

प्रेमकथा र एक्सन विषयमा नयाँ फिल्म बनाउँदै निर्देशक ऋषि न्यौपाने

आइतबार, १६ असार २०८१, ०८ : २९
आइतबार, १६ असार २०८१

काठमाडौँ । निर्देशक ऋषि न्यौपाने नयाँ फिल्मको तयारीमा जुटेका छन् । प्रेमकथा र एक्सन विषयमा उनले फिल्म बनाउन लागेका हुन् । लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपनि मात्र सार्वजनिक गर्ने निर्देशक न्यौपानेको योजना छ ।

फिल्ममा विकास चौधरीको संगीत रहनेछ । चौधरीले फिल्मको २ गीत कम्पोज गरिसकेका छन् । केही दिनमै चर्चित गायक गायिकाको स्वरमा रेकर्ड हुने संगीतकार चौधरीले बताए ।

फिल्म अभिनयका लागि न्यौपानेले अहिले चलेका कलाकारहरूसँग कुराकानी गरिरहेका छन् । फिल्ममा मल्टीस्टार कलाकार रहने निर्देशक न्यौपानेले जानकारी दिए । 

‘ अहिले फिल्मको व्यवसाय भन्न सक्ने अवस्था छैन’, निर्देशक न्यौपानेले भने ‘ व्यवसायको राम्रो कथा, मल्टीस्टार कलाकार नभए सम्भव छैन ।’ निर्माताको लगानी जोगाउन र विदेशमा फिल्म पुर्याउन पनि मल्टिस्टार कलाकार आवश्यक हुने न्यौपानेले सुनाए ।

निर्देशक न्यौपाने फिल्मकै लागि केही दिन पहिले अमेरिकाबाट नेपाल आएका हुन् । फिल्म पोखरा, जोमसोङ, मनाङ, घलेगाउँलगायका स्थानमा छायाङ्कन गर्ने योजना उनको छ । फिल्मको लोकेसन फिक्स गर्न उनी अहिले उपत्यका बाहिर छन् ।

‘खलनायक’, ‘टक्कर दुई मुटु’, ‘डन’, ‘मेरो राजेश दाइ’लगायत धेरै फिल्म निर्देशक गरेका गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप