मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रियबाट संन्यास

आइतबार, १६ असार २०८१, ०८ : ००
आइतबार, १६ असार २०८१

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् ।  शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान शर्माले संन्यासको घोषणा गरेका हुन् । त्यसअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका थिए ।

भारतीय कप्तान रोहित शर्माले खेल पछिको प्रस्तुति कार्यक्रममा आफ्नो संन्यासको बारेमा केही भनेनन् । तर खेलपछि पत्रकार सम्मेलनमा रोहितले  संन्यासको घोषणा गरेका थिए । 

विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिनेछन् । तर, रोहित र विराट दुवैले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन् ।

पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी–२० अन्तर्राष्ट्रिय थियो । यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो । मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।  

रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ । 

रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप