डेनमार्कलाई हराउँदै जर्मनी युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र जर्मनी युरो २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थानपक्का गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले एक एकगोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो । जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्कका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चितगर्दै पेनाल्टी दिइएको थियो ।
सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए । ६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो ।
त्यसपछि थप गोल नभएपछि अन्ततःजर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थानपक्का गर्न सफल भयो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति