मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पोखराका मेयरलाई गिज्याउँदै सडकमै धान रोपाइँ

आइतबार, १६ असार २०८१, ०६ : २८
आइतबार, १६ असार २०८१

पोखरा । पोखरा अधिक पानी पर्ने ठाउँ हो । यसैपनि बढी पानी पर्ने यहाँ बर्खाका कारण अधिकांश सडकमा खाल्डाखुल्डी बढेको छ । त्यसमाथि निर्माणमा असावधानी अपनाउँदा यात्रुले चर्को सास्ती व्यहोर्न बाध्य छन् ।

पोखराको हरिचोकदेखि याम्दी खण्डमा सडकको यस्तै दुरावस्था छ । जसका कारण यात्रुहरू आजित भएका छन् । सडक निर्माणमा गरेको ढिलासुस्तीको व्यङ्ग्य स्वरूप स्थानीय अगुवाहरूले सडकमै धान रोपिदिएका छन् ।

खाल्डाखुल्डी चौबिस घण्टाभित्रै पुर्ने उद्घोष गरेर निर्वाचित भएका मेयर धनराज आचार्यको घोषणालाई गिज्याउँदै सडकमै धान रोपाइँ गरिएको हो । सडक विभागको मातहतमा रहेको पोखरा १ याम्दी क्षेत्रमा सडकमै धान रोपिएको छ ।

स्थानीय र अगुवाहरूले बाजागाजा सहित मेयरलाई व्यङ्ग्य प्रदर्शन गरेका थिए ।

IMG_9884IMG_9892IMG_9893IMG_9894IMG_9895IMG_9906IMG_9909IMG_9913 (1)IMG_9913IMG_9915ramchandra

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप