एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।
करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै