मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

युरो कपबाट बाहिरियो साबिक विजेता इटाली

शनिबार, १५ असार २०८१, २३ : ३७
शनिबार, १५ असार २०८१

काठमाडौँ । साबिक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाट नै बाहिरिएको छ । शनिबार भएको खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० ले स्तब्ध बनेको हो ।

खेलमा ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलमा स्वीस टोलीले पूर्ण नियन्त्रण बनाएको थियो । इटालीले विपक्षीको पोस्टमा पहिलो प्रहर गर्न ७३ औँ मिनेटसम्म पर्खनुपरेको थियो ।

त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै इटाली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो भने स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब टोलीले इंग्ल्यान्ड र स्लोभाकियाबिचको विजेतासँग भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप