पाल्पाको माडी फाँटमा धान रोप्दै गरेका किसान (तस्बिरहरू)
शनिबार, १५ असार २०८१, २१ : ००
![पाल्पाको माडी फाँटमा धान रोप्दै गरेका किसान (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/madi-ropai-palpa-(5)_sllKSau6Sl.jpg)
काठमाडौँ । आज असार १५ अर्थात धान दिवस । सरकारले यस वर्षको धान दिवसको नारा जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नारासहित देशभर मनाएको छ । पाल्पामा पनि १० वटै स्थानीय तहले धान दिवस मनाएका छन् ।
कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यस वर्ष पर्याप्त पानी नपर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष कम धान रोपाइँ भएको छ । पाल्पामा मध्य असारसम्म ११ प्रतिशत मात्रै धान रोपाइ भएको छ ।
सबैभन्दा छिटो रोपाइँ हुने पाल्पाको अन्न भण्डार मानिने माडी फाँटमा पनि धान रोपाइँ धेरै हुन सकेको छैन ।