सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बद्री पंगेनीसहित आधा दर्जन बढी गायक गायिकाले गरे रोपाइँ

शनिबार, १५ असार २०८१, १९ : ३१
शनिबार, १५ असार २०८१

काठमाडौँ । आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस  । आज नेपालभरि राष्ट्रिय धान दिवस मनाइएको छ । यस्तैमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल र महिला सामूहिक कृषि समूहको संयुक्त आयोजनामा गोकर्णेश्वर नगरपालिका ४ उत्तर बाहिनीमा विभिन्न लोक गायक गायिकाको सहभागितामा धान दिवस मनाइएको छ । 

kalakar-ropai (1)

रोपाइँ कार्यक्रममा सांसद सोभिता गौतम, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिजाल, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रीता थापामगर, नेपाल सङ्गीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, लोक दोहोरी गायक बद्री पङ्गेनी, नवराज घोरासैनी, सरोज लामिछाने, राजु परियार, गायिका शर्मिला गुरुङ, शिला आले लगायतको उपस्थिति थियो ।

कार्यक्रममा गायक गायिकाले धान रोप्नुको अलवा विभिन्न दोहोरीका भाका समेत घन्काएका थिए । कार्यक्रममा उपस्थित कलाकार तथा अन्य अतिथिले नेपालको सन्दर्भमा धान दिवसको महत्वको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।kalakar-ropai (3)

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले नेपाल कृषि प्रधान देश भएकोले १५ असार धान दिवसको आफ्नै महत्त्व रहेको विशेष सेलिब्रेसन गर्न कार्यक्रम आयोजना गरिएको बताए । गौतमले यस्ता कार्यक्रमले यो दिनको महत्त्व पुस्तान्तरण हुँदै जाने धारणा राखे ।

कार्यक्रममा कलाकारले बाउसेदेखि रोपारसम्मको काम गरेका थिए । 

kalakar-ropai (4)kalakar-ropai (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप