सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : माधव नेपाल

शनिबार, १५ असार २०८१, १८ : १३
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली विशेषताको समाजवादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको बताए । उनले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठुलो ठुलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको बताए ।

उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अहिले उतारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरू भइरहेको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन आज उतारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनः गठन, विभाजन, फेरि पुनः एकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनुहुँदैन । तर गम्भीर हुनुपर्ने आवश्यकता छ’ उनले भने,  ‘कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठुलो ठुलो परिवर्तन ल्याएका छन् । तरङ्ग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ ।’

अध्यक्ष नेपालले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप